Diet & Nutrition 45369 viewed
2018-08-10
Dr. Om Murti Anil, Senior Cardiologist, Kathmandu, Nepal
हाम्रो समाजमा , बिशेश गरेर हिन्दू धर्मावलम्बि, र त्यसमा पनि अधिकान्स महिलाहरु धार्मिक दरिश्टिकोणले व्रत बसने गर्छन र यसको मुल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भितृयाउनु र पति, सन्तान र आफ्नो सुस्वास्थ्यको वरदानको प्राप्ती गर्नु हो । धेरैलाई यो अनधविश्वास पनि लागन सक्छ तर के साचिकै व्रत बसनु स्वास्थ्यको लागी फैदाकारक हो ? के यस्को वैज्ञानिक आधार छन ? मेरो यो लेख यसै बिषयमा केन्दृत हुनेछ ।
व्रत बसने बेलामा कम्तिमा १६ घण्टा खाना र कलोरी प्राप्त गर्ने कुनैपनी झोल कुरा नखादा बिभिन्न प्रकारका वैज्ञानीक फैदाहरु अध्ययनहरुले देखाएको छ ।
१ . तौल घटाउन मदत गर्छ : कम कलोरिलो सेवन र मेटबोलिक रेट बढ्नु र ग्रोथ हार्मोनको बढी उत्पादनले तौल घटाउनमा मदत गर्छ । तपाइ तौल घटाउन इक्छुक हुनुहुन्छ भन्, यो तरिका बाट सुरु गर्न सक्नु हुन्छ ।
२ . कोलेस्टेरोलको नियन्त्रण :- उप्वासले फैटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोलको नियन्त्रण गर्छ, साथै उप्वासको बेल मान्शाहारी खानाको प्रयोग नहुनु र फल्फुलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र triglyceride घटौने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।
३ . इन्सुलिन सेन्सिटिभिटी बढाउने : उप्वासले बिभिन्न रसायनिक प्रकृयाको मदतले इन्सुलिनको कामलाई प्रभावकारी बनाउछ र मोटोपना भएको व्यक्तिमा इन्सुलिन resistance को वातावरन हुनाले यस्तो व्यक्तिको लागी उप्वास अत्यन्तै लाभदायक हुन्छ ।
४ . रक्त्चापको नियन्त्रण : उप्वासमा कैलोरी र नुनको प्रयोग कम हुने भएकोले उच्च रक्त्चापको नियन्त्रण हुन मदत गर्छ ।
५ . रोग प्रतिरोघात्मक क्षम्तामा सुधार : रोगसँग लडने कोषको सन्ख्यामा सुधार ल्याउनु र हानिपुर्यौने कोशहरुलाई नियन्त्रण गर्न मदत गर्छ ।
६ . cancer रोग लागन बाट बचाउन मदत गर्छ : उप्वासले कोशहरुको मरम्मत गर्ने , स्वास्थ्य तन्तुहरुलाई सुरक्षित बनाउने र बिकार वा घातक पदार्थहरुलाई कोषभित्रै निस्कृय बनाउछ, हानिकरक हर्मोन (IGF-1) लाई नियन्त्रण गर्छ र अन्य कोष भित्रको गतिबिधिलाई साकारात्मक बनाएर cancer को जोखिम घटाउने तथ्य बिभिन्न जनावरहरुमा गरिएको अध्ययनले दावी गरेको छ ।
७ . एसट्रेस र इन्फलामेसन (stress and inflammation) को नियन्त्रण : cancer, मुटुरोग, बाथ रोग्, स्नायुरोग र अन्य जटिल दिर्घ रोगरुको प्रमुख कारणहरु मधय एक एसट्रेस र इन्फलामेसन (stress and inflammation) प्रमानित तथ्य हो । उप्वासले फ्री रडिकल (radical) ले हुने हानिलाई रोक्ने साइटोकाइन लाई नियन्त्रण गर्ने जस्ता अन्य रसायनिक कृयामा साकारात्मक असार गरेर धेरै यस्ता रोगहरु जोखिमलाई घटाउने वैज्ञानिक धाराणा भएको देखिन्छ ।
८ . बुढोपना लाई रोक्ने (anti-ageing) : उप्वासले जिन, कोष्, तन्तु, हार्मोन्, immune, मेटाबोलिज्ममा प्रभाव पारेर व्यक्तिको शरिरलाई वास्तविक उमेर भन्दा कान्छो बनाउन सहयोग गर्न सक्छ ।
९ . छालालाई आकर्शक बनाउछ : छालामा हुने कोलाजिन (collagen) र अन्य प्रोटिनहरुमा साकरत्मक अशर गरेर्, छालालाई सुन्दर र आकर्शक बनाउछ ।
१० . मस्तिस्कको कृयाकलाप्मा सुधार : उमेर अनुशार हुने मस्तिस्क्को कृयाकलाप्मा कमिमा बिभिन्न तरिकाले कमी ल्याउछ ।
११ . मुटुरोगिलाई फैदा : मुटुको मान्स्पेसी लाई नस्ट हुन बाट बचाउने नयाँ मसिना रक्तनलिहरुको निर्माण गर्ने र अन्य मुटुभित्रका हानिकारक रसायनिक प्रतिकृयालाई नियन्त्रण गरेर मुटुरोगिहरुलाई ठुलो लाभ प्रदान गर्न सक्ने अनुसन्धानहरुको दाबी छ ।
१२ . जिवनमा खुशीयाली ल्याउछ : विस्बाश न-लाग्ला तर यो सही कुरा हो । तपाईं कुनै व्रत धारिलाई सोध्नुस व आफै व्रत बसेको दिन सम्झिनुस्, त्यो दिन तपाईंले आफुलाई स्पेसल थान्नुहुन्छ, तपाईंको सोच साकारत्मक र पवित्र हुन्छ । भित्रैबाट उमङ र उतसाह भरिएको हुन्छ, यस्को कारण उप्वास , स्वछ आहर र धर्ममा आस्था मात्रै नभएर वैज्ञानिक कारण पनि हुन्छ । उप्वाश्ले मस्तिस्कमा इन्डोर्फिन (endorphin) नामक हार्मोनको उत्पादन बढाउछ जस्को प्रमुक काम मूडलाई फ्रेस गर्ने, खुशी बनाउने र शरिरमा स्फुर्ती ल्याउने हो ।
१३ . भोकमाथी नियन्त्रण : उप्वासले लेपटिन र अन्य (hunger) हार्मोनको सतरमा सुधार ल्याएर्, थ्य्रोइद हार्मोन को उत्पादन बढाएर मेटबोलिस्म म सुधार ल्याएर , भोक निर्धाराण गर्ने केन्द्र (satiety centre) मा असर गरेर व्यक्तिको भोकै बसन सक्ने क्षम्ता बढाउछ र त्यो भन्दापनी महत्बापुर्ण कुरा थोरै खाएर सन्तुस्टी हुने बानी बस्छ, जस्ले गर्दा अत्यधिक खाना बाट हुने स्वास्थ्य सम्स्याबाट बच्न सकिन्छ ।
१४ . detoxification गर्छ : प्रायजसो हानिकारक रसायनहरुको शरिरमा भएको बोसोमा भन्डारन हुन्छ । उप्वासले बोसोलाई खर्च गर्ने क्रममा (metabolism), स्टोर भएका धेरै टोक्सिनलाई शरिरबाट निस्कासन गर्छ ।
१५ . मान्सपेसिलाई बलियो बनाउछ : उप्वासले ग्रोथ हार्मोनको (HGH) उत्पादन ब्ढाएर्, फैट्लाई पगाल्ने र मान्सपेसिलाई बलियो बनाउछ ।
हुन त माथी उल्लेख गरिएका सबै उप्वासका फाइदाहरु मानिस जातिमा अध्ध्यान गरेर पुस्टी bhai नसकेको भएतापनि, प्रस्तुत तर्कहरु सान्दर्भिक देखिन्छन । मैले उप्वासका यि फाइदाहरुको बारेमा अध्ध्यान गर्दै जादा मन्-मस्तिस्कमा एउटा मात्रै कुरा बारमबार हावी भएको पाए । हाम्रा पुर्वज्, सन्त्, ऋषि आदी रोग रहित लामो आयु बाच्ने यथार्त पछिको कारण अवस्यनै व्रत उप्वास बस्नु र स्वच्छ साकाहरी खानै कुरामा पुर्ण रुप्ले विश्वास गर्दछु । आधुनिक मानवको आयु घटनु र नयाँ नयाँ रोग जन्मिनु पछाडिको प्रमुख कारण असन्तुलित र अत्यधिक भोजन नै हो भन्ने यथार्तलाई नकार्ण सकिदैन ।
उप्वास बस्ने बेलामा लिनुपर्ने सावधानिहरु :
१ । गर्भवस्थामा उप्वास वर्जित हुन्छ
२ । सानो बच्चा भएको दुध खुवाउने आमाले उप्वास गर्न मिल्दैन्
३ । मधुमेहको औषधी सेवन गर्ने बिरामीले चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
४ । रक्तचापको औषधी सेवन गर्नेले पनि विषेश ध्यान दिनु पर्छ र चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
५ । मुटु, मृगौला, पेट्, कलेजो र अन्य दिर्घरोग भएको र त्यस्कोलागी औषधी सेवन गर्नेहरुले पनि विषेश ध्यान दिनु पर्छ र चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
६ । उप्वासले शरिरमा पानीको कमी हुनसक्छ्
७ । उप्वास्ले विसेश गरेर माइग्रेन भएकाहरुलाई टाउको दुखने समस्या हुन सक्छ ।
८ । निद्रा नलाग्ने र त्यस्बाट तनाव हुने सम्भावना पनि हुन्छ
उप्वास बस्दा गैसट्रीक को सम्स्या हुनु पूर्ण सत्य होईन । उप्वास बस्दा पेटमा एसिडको उत्पादन कम हुन्छ त्यसैले गैसट्रीकको समस्या पनि कम हुनुपर्ने हो तर कसै कसैलाई उप्वास भएको बेलामा भोक लाग्दा, खाने कुरा समझिदा वा अरुले खाएको देख्दा मस्तिस्कमा त्यस्को असर भएर एसिडको उत्पादन बढ्न सक्छ जस्ले पेटमा एसिडिटी बढाउने (heart burn) अवस्था हुने गर्छ ।
यो लेख लेखने क्रममा मैले मैले उप्वासको फाइदा नै फाइदा भेटे र न्युन बेफाइदा भेटे । यस लेख्ले मलाई व्रत गर्न प्रेरित गरेछ र म विश्वास गर्छु कि तपाईंलाई पनि पक्कै हप्ता वा महिनामा एक चोटी १६ घण्टाको व्रत गर्न प्रेरित गर्छ ।