Heart Attack 34917 viewed
2018-05-30
ह्दयाघात (Heart Attack) भनेको के हो ?
शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्नको लागि जसरी मुटुबाट रक्तनलीहरुको माध्यमले रक्तसञ्चार हुने गर्दछ, ठीक त्यसरी मुटुलाई पनि स्वस्थ राख्नको लागि विशेष किसिमको रक्तनली (कोरोनरी आर्टरी) ले निरन्तर रक्तसञ्चार गराइ राखेको हुन्छ । कोरोनरी आर्टरी दुईवटा (दाया र बाया) हुन्छन् । यिनै रक्तनलीको रक्तप्रवाहमा अचानक बाधा हुन गएमा मुटुको मांसपेशीलाई जीवित राख्न चाहिने रक्तसञ्चार नपुगेर ह्दयाघात हुनेगर्छ । यसरी हुने अचानक रक्तसञ्चारको कमीले मुटुका मांसपेशीहरु मर्न थाल्दछन् । यस्तो भएमा छाती दुख्ने लगायत अन्य लक्षणहरु देखा पर्न थाल्छन् ।
ह्दयाघात कसरी हुन्छ ?
कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा ह्दयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ ।यस्तो भएमा, असर परेको मुटुको उक्त भागले काम गर्न छोड्छ र मुटु सधैको लागि कमजोर हुनजान्छ ।तर अत्यन्तै डरलाग्दो अवस्था त्यो बेला उत्पन्न हुन्छ, जब अचानक रक्तसञ्चारमा अवरोध भएर मुटुभित्र रसायनको अस्थिरता (chemical imbalance) हुन्छ । यसले मुटुको चालमा परिवर्तन ल्याउछ ।यसलाई Arrhythmia भनिन्छ । यसले गर्दा मुटुको चाल अत्यन्तै कम वा बढी भएर बिरामीको अचानक मृत्यु हुनसक्छ ।विभिन्न अध्ययनका अनुसार ह्दयाघात भएको आधा भन्दा बढी मानिसहरुको मृत्यु अस्पताल पुग्नु अघिनै भइसक्छ । ह्दयाघात भएको पहिलो २४ घण्टा ज्यादै जोखिमपूर्ण (Critical) मानिन्छ ।किनभन्ने अत्यधिक मृत्यु २४ घण्टा भित्रै हुने गर्दछ ।
ह्दयाघातका लक्षणहरु
ह्दयाघात अकस्मात् हुने रोग भएकोले छाती दुख्ने तथा यस संग सम्बन्धित अन्य लक्षणहरु पनि अचानक नै सुरु हुन्छन् ।छातीको बीच भागमा वा बाया तिर दुख्नु वा पोलेको जस्तो अनुभव हुनु, छातीमा दबाव (Heaviness)महसुस गर्नु वा मन्द मन्द दुखी राख्नु जस्ता लक्षणहरु देखापर्न सक्छन् । छाती दुख्नको सग सगै अरु लक्षणहरु, जस्तै पसीना आउनु, वाकवाकी लाग्नु, उल्टी हुनु, डर लाग्नु, छट्पट् हुनु, मुटु ढुकढुक हुनु, रिंगटा लाग्नु आदि समस्याहरु पनि छन् भने ह्दयाघात भएको सम्भावना झन प्रबल हुन्छ । ह्दयाघातका कारणहरु (Risk Factors) भएका बिरामीमा यस्ता लक्षणहरु देखिनासाथ यथाशीघ्र आकस्मिक सुविधा भएको अस्पताल पु¥याइ ECG गराइहाल्नु पर्छ । लक्ष्ँण्ँहरुको आधारमा ह्दयाघातको शंका भएमा एस्प्रिन Asprin औषधिको ३०० mg घरमै दिनमिल्छ ।